२० असार, काठमाडौं । उपत्यका प्रशासनको आज बसेको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । धेरै राख्नुपर्ने भए दुई सिफ्टमा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्ने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।
मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
कोभिड–१९ भाइरसका कारण कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरु रोकिएका थिए ।
प्रशासनले उपत्यकाको यातायातमा लगाएको जोर–विजोर प्रणाली पनि हटाएको छ ।