राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिकमा २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका

१९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको
छ ।

यसअनुसार वडारगाउँरनगररप्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिनेछ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन आह्वान गरेको छ ।