गोरखाको सिरानचोकमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

१९ असार, गोरखा । लगातारु रुपमा आइरहेको बर्षाले देशका बिभिन्न ठाउंमा पहिरो र बाढीले धनजनको क्षति पुर्याइरहेका बेला गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।