चिलीलाई १-० गोलले हराउंदै ब्राजिल सेमीफाइनलमा प्रवेश

१९ असार, काठमाडौं । कोपा अमेरिका कपको आज बिहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलले चिलीलाई १ गोलले हराउंदै सेमीफाइनलमा पुगेको छ । आज बिहान ६ः४५ मा सुरु भएको खेलमा दोस्रो हाफको सुरुमै ब्राजिलले गरेको सो गोल नै जितको भागिदार बन्यौ । त्यसपछि दुबै टिमबाट गोल गर्ने अवसर प्राप्त भएपनि गोल हुन सकेन । दोस्रो हाफमा रेफ्रीले चिलीका खेलाडीलाई रातो कार्ड देखाएपछि खेलमा १० खेलाडीमा सिमित चिलीलाई ब्राजिलले १–० गोल अन्तरले हराउंदै जित पक्का गरेको हो ।