लायन्स क्लबको कार्यसमिति हस्तान्तरण सम्पन्न

१७ असार, काठमाण्डौ । लायन्स क्लबको नयां कार्यसमिति हस्तान्तरण कार्यक्रम आज बिहान कलंकीमा सम्पन्न भएको छ । पुरानो कार्यसमितिका अध्यक्ष अग्नीविलास अधिकारीको नेतृत्वमा रहेको कार्यसमितिले प्रकाश गजुरेलको नेतृत्वको नयां कार्यसमितिलाई क्लबको आउने कार्यकाल हस्तान्तरण गरिएको छ ।

पुरानो कार्यसमितिले आफ्नो कार्यकाल भरीको समिक्षा र क्लबमा बसेर गरेका कार्यहरुको जानकारी गराउंदै निवर्तमान कार्यसमितिका अध्यक्ष अग्नीविलास अधिकारीले अबको दिनमा क्लबको कामकार्य अगाढी बढाउनका लागि नयां कार्यसमितिका अध्यक्ष प्रकाश गजुरेललाई हस्तान्तरण गरेका थिए । कार्यसमिति हस्तान्तरण कार्यसमितिमा ४५ सदस्यीय कार्यसमिति गरेको उक्त अवसरमा बताइएको थियो । निवर्तमान अध्यक्ष अधिकारीले नयां कार्यसमितिलाई शुभकामना का साथै कार्यकालको सफलताको कामना दिएका थिए ।