Breaking News

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरिएको त्यसैले हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन्

१४ असार, काठमाडौं । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् ।

नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’

ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

नेता नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताए । आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै उनले भने, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’

नेता माधवकुमार नेपाल