अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठक बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका
छन् । बैठक अहिले बिहान नौ बजे बालुवाटारमा बस्न लागेको छ । प्राप्त समाचार अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।

नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
साथै महाधिवेशन आयोजक कमिटीका नाममा पार्टी नेताहरुलाई गरेको कारवाहीलाई सर्वोच्चले समेत मान्यता दिन अस्वीकार गरेको छ ।