वेल्सलाई ४-० गोलले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । हिजो राती भएको युरोकप २०२० को क्वाटरफाइनलको पहिलो खेलमा डेनमार्कले चिरपरिचित टिम वेल्सलाई नराम्रो संग पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो ।

डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

युसुफ पउलसेन घाइते भएपछि उनको स्थानमा पहिलो रोजाइमा खेलेका डोलबर्गले दुवै हाफमा एकरएक गोल गरे । यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एकरएक गोल गरे।

खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले मिकेल डाम्सगार्डको पासमा गोल गरेका थिए ।

यस्तै दोस्रो हाफको सुरुमै डोलबर्गले गोल थपे । ४८औं मिनेटमा वेल्सका निको विलियम्सले गल्ती गरेपछि डोलबर्गले गोल गरेका थिए ।

८८औं मिनेटमा योकिम माएलेले गोल माथिएस जेनसेनको पासमा गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । ८९औं मिनेटमा वेल्सका ह्यारी विल्सनले सिधै रातो कार्ड पाउँदै मैदान छाडेका थिए । विल्सनले डेनमार्कका माहेलेलाई फाउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पार्र्योको थियो ।