अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश

१३ असार,काठमाडौं । शनिबार राति भएको यूरो कप २०२० को प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २(१ ले पराजित गरेको छ । वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
भिएआरको सहयोगमा बचेको इटलीले अतिरिक्त समयमा दुई गोल गर्‍यो ।

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।

१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।

११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाए पनि खेल इटलीले जितेको छ ।