२०७६ साललाई फर्केर हेर्दा

नेपालीहरुले बर्षको पहिलो दिन र वर्षको अन्तिम दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन् । यस वर्ष धेरै उतारचढाव नआए पनि वर्षको अन्त्यतिर भने चिनबाट फैलिएको कोरोना भाइरले मानवमानवलाई नै भेट्नै नसकिने गरी घरभित्रै सिमित बनाएको छ

२०७६ सालको अन्त्यतिर आएर कोरोना भाइरसले विश्वलाई त्रास फैलाई करिब १ लाख भन्दा बढीको ज्यान समेत लिइसकेको छ कोरोनाले । अनि लाखौं लाख मानिस कोरोना भाइरसका कारण संक्रमित भएका छन् भने पूरै विश्व लकडाउनको अवस्थामा गएर विश्वभरीका मानिस आफ्नै घरको क्यारेन्टाइन र सरकारले बनाएका सेल्फ क्वारेन्टाइनमा बसेर कोरोना विरुद्धको महामारीमा जुधिरको बेला नेपालीहरुको वर्ष परिवर्तन हुदैछ । आज २०७६ सालको अन्तिम दिन हो । भोलिबाट २०७७ साल लाग्दैछ पनि । नेपालीहरुले बर्षको पहिलो दिन र वर्षको अन्तिम दिनलाई विशेष दिनका रुपमा लिने गर्दछन् । यस वर्ष धेरै उतारचढाव नआए पनि वर्षको अन्त्यतिर भने चिनबाट फैलिएको कोरोना भाइरले मानवमानवलाई नै भेट्नै नसकिने गरी घरभित्रै सिमित बनाएको छ । नेपाली अर्थतन्त्रमा यसले ज्यादै महंगो मुल्य चुकाउने पनि छ । अनि आउँदै गरेको नयाँ वर्षलाई हर्ष र उल्लाहसका रुपमा स्वागत नगरेर पिडा र त्राससँगै घरको कोठा, बार्दली, छत र झ्यालबाट सामाजिक संञ्जालको माध्यम प्रयोग गरेर एक अर्कामा सामित्य गर्न कोसिस गदैछन् नेपालीहरु ।
२०७६ सालमा खेलकुद जगतले भने राम्रो सफलता पायो । नेपालमै भएको १३औं साफ दक्षिण एशियाली खेलकुदमा दोस्रो स्थान लिदैं ५१ स्वर्णको पदक समेत देशलाई दिलाउन सक्यो । खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि (एनओसी) र निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ नेतृत्व चयन, क्यान निलम्बनको फुकुवादेखि कप्तान पारस खड्काको राजीनामा, खेलकुदको भौतिक संरचना निर्माण, फुटबलमा विश्वकप छनोट खेल सवालमा चर्चामै रह्यो ।
त्यस्तै २०७६ साल नेपाली राजनीतिमा भने खासै उल्लेखनीय र परिवर्तनशीलका कुनै गतिविधि र कार्य भएनन् । देशका प्रमुख राजनीतिक शक्ति र तीनका नेताहरुमा पनि त्यति घोचपेज र सौताबाजी हुन पनि पाएनन् हुनत नेपालमा दुईतिहाइको एकल कम्युनिष्टको सरकार छ । त्यसमा पनि सत्तारुढ पार्टीमा त्यति विवाद र झगडा नभएका कारणले पनि राजनीतिकमा उथलपुथल आउन सकेन । प्रतिपक्ष पनि कमजोर र नेतृत्व चलायमान नभएका कारणले पनि सत्तापक्षलाई सजिलो र काम कार्य गर्न अप्ठारो पनि भएन । यी र यस्तै कारणले पनि नेपाली राजनीतिमा विषयमा घनिभूत तरङग भने आउन सकेनन् ।

विश्वमान चित्रमा हेर्ने हो भने २०७६ साल मानव दृष्टिका हिसावले एक कारुणीक र पिडादायक वर्षको रुपमा लिन सकिन्छ । कोरोना भाइरसका कारण मान्छेहरु दिनदिनै मरेका मरे छन् । यो नै पिडादायक र कहाली लाग्दो दृश्य बन्यौ नेपाली वर्ष २०७६ । भोलिबाट उदाउने नयाँ साल २०७७ सालाई पिडादायक हिसाबले स्वागत गर्न खोज्दैछौं । कोरोनाको कहर सकिएको छैन, लकडाउन रोकिएको छैन । तर पनि हामी कामना गरौं जतिसक्दो कोरोना भाइरस सदाका लागि अन्त्य भएर मानवजातिले नयाँ जिवनको सुनौला सास फेर्न पाउन । नयाँ वर्ष २०७७ साल सँगै । तपाई हामी सबैको जय होस्, पशुपतिनाथले रक्षा गरुन्, जय राष्ट्र, जय नेपाल ।

शिक्षा क्षेत्रमा भने यो वर्ष कहिल्यै नभएको उदाहरणीय बन्यो कोरोना भाइरसले । वर्षको अन्तिम महिना चैत्र महिनाको ६ गते लाखौ बिद्यार्थीहरुको भविस्य लक्ष्य डोराउने एसइई परीक्षा स्थगित हुन पुग्यो । तर त्यो परीक्षा कहिले हुने हो त्यसको टुङ्गो भने छैन । त्यस्तै अरु शैक्षिक संस्थाहरुका सम्पूर्ण परीक्षा अनिश्चितका लागि स्थगित भएका छन् । वर्षको अन्तिम महिना चैत्र महिनाभरी कक्षा १ देखि १० सम्मका सबै कक्षाको बार्षिक परीक्षा सक्ने र बैशाख पछि नयाँ शैीक्षिक सत्र शुरु भएर नयाँ भर्ना शुरु हुने भए पनि त्यो पूर्ण रुपमा अन्यौलमा रहेको छ । विश्वबिद्यालय, उच्च शिक्षा, अरु शिक्षालयका सम्पूर्ण पठनपाठन र परीक्षाहरु अनिश्चितका लागि स्थगित भएर शिक्षा क्षेत्र डामाडोल नै भयो २०७६ साल ।
आर्थिक रुपमा भने शुन्यता नै छायो । कोरोना कहर अगाडी जति आर्थिक फस्टाएको थियो तर कोरोना लकडाउन भएपछि पहिलाको सबै आर्थिक उन्नतिका खम्बाहरुलाई ढाल्दै सखाप नै भएको छ । कलकारखाना, व्यापार, व्यावसाय, होटेल, रेष्ट्रेन्ट, अन्य सानातिना व्यवसाय, यातायात, अफिस , बैंकिङ कारोबार अन्य जस्ता आर्थिक पाटाहरु पूर्णरुपमा बन्द भएपछि आर्थिक धरोहर ओरालोतिर धकेलिएको छ । स्वास्थ्यमा भने वर्षको अन्तिममा आएर कोरोनाले त्रास नै ल्याइ दिएको छ । कोरोनाबाट कुनै मानवीय घटना नभए पनि त्यसको त्रासले भने मानाव जिवनमा २०७६ साल खुशी नभएर त्रासकाबीच बाच्न विवस भयो । भोलिबाट शुरु हुने नयाँ साल २०७७ लाई पनि कोरोनाको त्रास र भोगको अभावका बीच स्वागत गर्न खोजिए पनि खुशीका पलहरु आउन सक्दैनन् ।
समग्र रुपमा २०७६ सालमा नेपाली जगतमा त्यति दुख्खमय नभए पनि वर्षको अन्तिम समयमा आएर कोरोना भाइरसका कारणले दुखित र भयभित बनायो र बनाइरहेको छ । विश्वमान चित्रमा हेर्ने हो भने २०७६ साल मानव दृष्टिका हिसावले एक कारुणीक र पिडादायक वर्षको रुपमा लिन सकिन्छ । कोरोना भाइरसका कारण मान्छेहरु दिनदिनै मरेका मरे छन् । यो नै पिडादायक र कहाली लाग्दो दृश्य बन्यौ नेपाली वर्ष २०७६ । भोलिबाट उदाउने नयाँ साल २०७७ सालाई पिडादायक हिसाबले स्वागत गर्न खोज्दैछौं । कोरोनाको कहर सकिएको छैन, लकडाउन रोकिएको छैन । तर पनि हामी कामना गरौं जतिसक्दो कोरोना भाइरस सदाका लागि अन्त्य भएर मानवजातिले नयाँ जिवनको सुनौला सास फेर्न पाउन । नयाँ वर्ष २०७७ साल सँगै । तपाई हामी सबैको जय होस्, पशुपतिनाथले रक्षा गरुन्, जय राष्ट्र, जय नेपाल ।