माओवादका खोल ओडेका प्रतिकृयावादीहरु भ्रम शृजना गर्ने कारखाना हुन्

यस्ता किसिमका आशंका र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभावबाट जोगाऔं । सरकारको निर्णयलाई नागरिक अधिकारलाई सिमित पार्ने अपव्याख्या गर्नु नागरिक अधिकार प्रतिको वेइमानी ठर्हछ ।


 र्तमान आजको परिबेशमा बिश्व जगत, कोभिड १९ बिरुद्धको संघर्षमा जुधिरहेको छ । बिश्वका धेरै मुलुकहरु यही कोरोना भाइरसका कारणले लकडाउनमा छन् र हाम्रो राष्ट्र पनि कोरोना भाइरसका कारणले लकडाउन कै अवस्थामा रहेको छ । कोभिड १९ विरुद्धको यो लडाइमा मुख्य संयोजनकर्ता राज्य नै हो । संक्रमण फैलन नदिन सामाजिक दुरी सबैभन्दा ठुलो हतियार हो । लकडाउन सोही प्रयोजनका लागि गरिएको पनि हो । त्यहि अनुसार, कोभिड १९ को संक्रमण बिरामीको उपचार नेपाल सरकारले लिएको छ ।
संसारका सबै देशमा अनेक प्राकृतिक विपत्तिमा सेनाले विशेष भुमिका खेल्ने गरेका छन् । चीनले कोरोना महामारी विरुद्धको युद्धमा अग्रपंतिमा सेनाको सुविचारित परिचालनले नै सफलता हासिल गरेको हो । अमेरिका, वेलायत, ईटाली, स्पेन, जर्मनी, फ्रान्स, लगाएतका देशले सेनालाई नै अगाडि सारिएको छ । नेपाली सेना नेपालका हरेक विपत्तिमा परिचालित भएर प्रसंसनीय काम गरेर जनविश्वास जित्दै आएका अनेकौं उदाहरणहरु छन् । सेना राज्यको प्राविधिक र व्यवसायिक ज्ञान भएको संगठित र अनुशासित अग्रदस्ता हो । नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारका निर्णय, आदेश र निर्देशन पालना गर्नु सेनाको कर्तव्य पनि एक हो । नेपाल सरकारले पनि सोही अनुसार संविधान र कानुनका सिमाभित्र रहेर जनताको जीवन रक्षाका लागि सेनालाई कुनै विशेष जिम्मेवारी दिने निर्णय गर्यो । तर , नेपाल भित्र माओवादको खोल ओडेका केहि प्रतिकृयावादी राता मण्डलेहरुले अहिलेको परिस्थितीमा पहिले जस्तै लुट्न र भ्रष्टचार गर्न नपाएपछी आफूलाई भ्रम शृजना गर्ने कारखानाको रुपमा बिकास गर्दै सामाजिक संजाल, मिडियाहरुमा रोई कराई गर्दै सरकार र आफ्नै पार्टीको चरित्र हत्या गर्न दिन दुई गुणा र रात चार गुणा लागि परेका छन । लुट्न र भ्रस्टचार गर्न पाइन्छ की भन्ने दिवा सपना अझै देख्न छोडेका छैनन ! उनीहरुले, ती लुटेका दिनहरु गाऊ खाने कथामा सिमित भैसकेको कुरा बुझ्न जरुरी छ । अब लुट्न पाउदैनौं भन्ने कुरा हेक्का राख्नू पर्दछ ! विरोधलाई आफ्नो कर्तव्य र बिचार मान्ने दरिद्र मानसिकता बोकेकाहरु विपत्तिमा सेनाको परिचालनको विषयलाई निकै उचाली रहेका छन् । यो कस्तो चिन्तन हो ? जनतालाई मुर्ख बनाउनुको पनि सिमा हुन्छ नी ?

लुट्न र भ्रस्टचार गर्न पाइन्छ की भन्ने दिवा सपना अझै देख्न छोडेका छैनन ! उनीहरुले, ती लुटेका दिनहरु गाऊ खाने कथामा सिमित भैसकेको कुरा बुझ्न जरुरी छ । अब लुट्न पाउदैनौं भन्ने कुरा हेक्का राख्नू पर्दछ ! विरोधलाई आफ्नो कर्तव्य र बिचार मान्ने दरिद्र मानसिकता बोकेकाहरु विपत्तिमा सेनाको परिचालनको विषयलाई निकै उचाली रहेका
छन् । यो कस्तो चिन्तन हो ? जनतालाई मुर्ख बनाउनुको पनि सिमा हुन्छ नी  ?

बिगतलाई हेर्ने हो भनेपनि , दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागर गर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिन एमाले नेतृत्वलाई वदनाम गर्ने नियोजित षड्यन्त्र रचिएको थियो । तर, पछि त्यस नियोजित षड्यन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला पनि कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखला हेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । षड्यन्त्र पूर्ण र नियोजित समाचारहरुबाट समाज नै भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ र पनि मुखमा रामराम बगलीमा छुरा राखेर हिडिरहेका केहि अवसरवादी एम् प्रतिगामी तत्वहरुले भ्रम शृजना गरिरहेका छन । यस्ता किसिमका आशंका र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभावबाट जोगाऔं । सरकारको निर्णयलाई नागरिक अधिकारलाई सिमित पार्ने अपव्याख्या गर्नु नागरिक अधिकार प्रतिको वेइमानी ठर्हछ । राज्यका अंग, निकाय र संयन्त्रलाई विश्वास गरौ । यीनको अधिकतम उपयोग गरी कोरोना विरुद्धको लडाईमा नेपाललाई विजयी बनाउनु पर्ने कर्तब्य हामी सम्पुर्ण अग्रगामी नेपालीहरुको काधमा
छ ।