राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन असार १७ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपतिले असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको हो ।