जातीय बिभेदका कारणले कोठा भाडामा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त

९ असार, काठमाडौं । केही दिन अघि बबरमहलमा रहेको एक नेवार जातिको घरमा कोठमा भाडा खोज्दै गएकी एक संचारकर्मी तथा दलित वर्गकी छोरीलाई अपहेलना गर्दै कोठा भाडा नदिएकाृे ले उनले जातीय बिभेदका कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी आज थुनामुक्त भएकी छन् ।

जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।