युरोकप २०२० को नकाउट चरणको अन्तिम १६ मा इंग्ल्याण्ड, क्रोसिया र चेक रिपब्लिक प्रवेश

९ असार, काठमाडौं । जारी युरोकप २०२० को नकआउट चरण अन्र्तगत चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पप्रवेश गरेको छ । इंग्ल्याण्डका रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्न सफल भएको हो ।

गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो ।

जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो ।

३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

उता हिजो राती नै भएको अर्को खेलमा  समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । स्कटल्याण्डका कलुम म्याग्रेगोरले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएपनि ४२औं मिनटमा म्याकग्रेथोरले स्कटिस टोलीका लागि बराबरी गोल गरेका थिए ।

तर मोडरिचले ६२ औं र पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया विजयी भएको हो ।

जितपछि क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसिया र चेक रिपब्लिकको समान अंक र गोल अन्तर रहेपनि धेरै गोल गरेका आधारमा क्रोएसिया अघि रहेको हो ।