देश कोरोना रोगको संकटमा रहेको बेला नीजि क्षेत्रको सहयोगमा किन हिजकिचावट

३० चैत, काठमाडौँ । विश्वनै रोगी बनाएर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथाम तथा उपचारका कोषमा सरकारले ५० करोड रुपैयाँको आर्थिक कोष स्थापना गरेको छ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमामा अहिलेसम्म दुई अर्ब भन्दा बढी जम्मा भइसकेको बुझिएको छ आजसम्म कोषमा रु. १,९३,८९,६४,५८० (एक अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ) जम्मा भएको छ ।
म्हामारीको कहालि लाग्दो संकटमा राज्यलाई सहयोग गर्नुपर्छ भनेर नागरिकहरुले कोषमा आर्थिक सहयोग थपिरहेका छन् । यो संकटमा भने निजी, सामुहिक, संस्थागत, व्यक्तिगत र राजनैतिक, व्यक्तिगत र अन्य समुदायबाट समेत सहयोगको रकम संकलन भएरहेको छ ।
कर्मचारी देखि निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले समेत आफ्नो पारिश्रमिक काटेर कोषमा आर्थिक सहयोग थपिरहेकाछन् । यसबाहेक सरकारी संयन्त्र तथा निकायहरुले कोषमा धेरै मात्रमा सहयोग र योगदान गरेका छन् । संघीय सरकारदेखि प्रदेश र स्थानीय तहहरुले समेत राहत कोषमा सहयोग गरिरहेका छन् । यसरी कोरोनाविरुद्ध देश लडिरहेको बेला ो बेला, निजी क्षेत्रको सहभागिता भने ज्यादै मम मात्रामा रहेको छ ।
निकायहरुको आर्थिक सहयोगलाई गणना गर्दा कुल ३९ करोड २८ लाख ५४ हजार ४ सय ९२ (रु.३९,२८,५४,४९२) रुपैयाँ उठेको देखिन्छ । यो कुल रकमको २० प्रतिशतको योगदान हो । तर किन हिजकिचाएका छन् तर नीजि क्षेत्रका समुदाय व्यक्त, नेपालमा त सरकार भन्दा पनि व्यक्ति बढी धनीमा कहिलएका छन् । देश गरिब भए पनि मान्छे त धनीमानी रहेका छन् ति आज कहाँ गए, कहाँ लुके, कुन दुनियाँमा रमेका छन् त्यो भने भोलका दिनमा पक्कै खोजीनीति र मूल्यांंकन गर्ने राष्ट्ट र जनताले ।