पर्सामा भारतीय तीनजना नागरिकमा कोरोना संक्रमित फेला : स्वास्थ्य मन्त्रालयबाट पृष्टि हुन भने बाँकी

३० चैत, वीरगञ्ज । कोरोना भाइरसका कारण विश्व नै लकडाउनको अवस्थामा रहेका बेला नेपाल पनि लकडाउन हुन पुग्यो । नेपाल कोरोना भाइरसको संख्या ९ पुगेको भएपनि आजसम्म भने कोरोना भाइरबाट भने मरेका छैनन् । लकडाउनकै क्रममा पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको समाचारमा सुन्न आएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत चैत्र २७ गते बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका ले जनाएको छ ।
हेटौंडाको प्रयोगशालाले नारायणी अस्पताललाई जानकारी गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई अस्ति चैत्र २८ शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखि सकेको छ । संक्रमण पुष्टि भएका मध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका
छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु भारत फर्केका थिएनन् ।
भरतले लकडाउन गरेपछि रोकिएका र लकडाउन खुलेपछि घर फर्कन भनी १५ अप्रिलको टिकट काटेका रहेछन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको पुगेका हुन ।