सर्वोच्च अदालतको आदेश अप्रत्यासित नेकपा एमाले

८ असार, काठमाडौं । सर्वोच्चले आज अन्तरिम आदेश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तार गरेको मन्त्रीपषिद्लाई खारेज गरेको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बोल्दै सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् ।

अदालतले आज २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले अनलाइनखबरसँग बताए ।

‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने ।

अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।