थप ४५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि, ४१ जनाको मृत्यु , ४९५४ जना संक्रमणमुक्त

गएको २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।