दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ

६ असार, काठमाडौं । समाजमा अझै पनि छुवाछूत र विभेदको संस्कार अझै पनि कायम रहेको देखिन्छ । पछिल्लो समयमा गाउंघरमा भन्दा पनि शहरबजारमा बढी मात्रामा देखिएको छ । यसैक्रममा काठमाण्डौका एक घरबेटीले दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।