उपत्यकामा लगाइएको निषेधाज्ञा लाई केही परिमार्जित गरिदै : साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

६ असार, काठमाडौं । काठमाण्डौ उपत्यकामा लगाइएको निषेधाज्ञा लाई केही परिमार्जित गरिने बुझिएको छ । थपिने निषेधाज्ञामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसीं ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् । तस पनि यस बारेमा निजी गाडीलाई खोल्न दिने कुरा भएको छ, मोडालिटीबारे टुंगिएको बुझिएको छ ।

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ ।

तर प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले गृह मन्त्रालय र कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।

यस बारेमा निषेधाज्ञा थपको निर्णय गर्न आज साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।