कोपा अमेरिकाको फुटबल प्रतियोगितामा अर्जेन्टिनाले उरुग्वेलाई १(० गोलले पराजित गर्दै जित हासिल

कोपा अमेरिकाको फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ। आज शनिबार विहान भएको समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिना यसअघि पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। शनिबार अर्जेन्टिनाको जितमा खेलको १३ मिनेटमा रोद्रिगेजले गरेको गोल निर्णायक सावित भयो। उनले मेसीले उपलब्ध गराएको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

जितसँगै अर्जेन्टिना समूह ए मा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

कोपा अमेरिकामा अर्जेन्टिना र उरुग्वेबीचको यो ३२औं भिडन्त हो ।

जसमा अर्जेन्टिनाले १४औं जित हात पार्‍यो। उरुग्वेले १३ खेलमा जित हात पारेको छ। ५ खेल बराबरीमा सकिएका छन्।

अर्जेन्टिनाले पराजित गर्नुअघि चिलीले बोलिभियालाई पनि १-० गोलले नै पराजित गर्‍यो। चिलीको पनि समूहमा चार अंक भएको छ।