वस्ती नै पहिरोको जोखिममा पर्दा जनप्रतिनिधि र सरोकारवाला किन मौन ?

३ असार, जलजला, टमिलाखर्क, पर्वत । पर्वत जिल्लाको जलजला गाउंपालिका वार्ड नम्बर २ मा अवस्थित टमिलाखर्कको बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । लगातार आईरहेको बर्षाका कारण वस्ती मुनिको जमिन भासिन गई वस्तीसम्म पुग्न थालेकाले जतिखेर पनि घरहरु भासिन सक्ने अवस्था देखिन्छ ।

करिब १५ घरधुरी रहेको सो वस्तीमा ५ घरहरुमा क्षति पुर्याउनुका साथै घरका परिवारलाई सुरक्षित स्थानमा समेत सारिएको छ ।

बस्तीमुनीमा निर्माणाधिन नेपाल बिद्युत प्राधिकरणको दाना,खुर्कोट प्रशारण लाईन २४ (A) टावर दुई वर्ष अघि निर्माण गर्दा टावरको वरीपोरी तलबाट ग्याबिड जाली र वाल नलगाएर निर्माण भएको अहिले लगातारको बर्षात्ले गर्दा जमिन भासिन गई टावर समेत ढलेर बस्तीमा खस्न सक्न अवस्थामा आउन सक्छ । साथै जमिन भित्रभित्र भासिन गई पहिरोको उच्च जोखिम हुन पुगेको छ । सो टावर निर्माणसंगै त्यहांका बासीन्दाले नेपाल बिद्युत प्राधिकरण पर्वत र म्यादी शाखालाई लिखित र मौखिक रुपमा पटकपटक जानकारी गरांदा समेत चासो नदिएकाले टावर निर्माण गर्ने आयोजना प्रमुख लक्ष्मण फुयाल र कार्यालय प्रमुख चन्दन घोस  समेत लाई जानकारी गराउंदा उहांहरुले पनि आवश्वासन मात्र देखाएर बुच पचाएकाले आज यो स्थिति आएको स्थानीय बासीन्दाको गुनासो रहेको छ ।

No description available.

वर्षात् लागेसंगै लगातार आएको पानीले जमिन गल्न गई जमिनमुनिबाट गहिरो रुपमा धांजा फांट्दै बस्ती सम्म पुगेकाले घरहरुका भित्ता चर्केको, जमिन धासिएर दबेको, घरको जग समेत भासिन गई कतिखेर कुन समयमा घर ढल्ने हुन त्यसको एकिन गर्ने अवस्थामा छैन ।

No description available.

त्यस्तै वस्ती मुनिको टावर र टावर मुनिबाट निर्माणाधिन सडक डिभिजन कार्यालय बाग्लुड मार्फत् आठ मिटर चौडा नालीसहितको सडक विस्तार गरेपनि सडकको माथि र तलबाट कुनै कोटेशन, ग्याबिड जाली र वाल नलगाएर निर्माण गरेकाले लगातार झरेको वर्षाको पानीले सडक माथिको जमिन भासिन गई वस्तीसम्म पुगेकाले वस्ती पहिरोको कठिन चपेटामा परेको छ ।

No description available.

केही महिना अघि सो बस्तीबासीन्दाको पहलमा स्थानीय पहिरो प्रभावित क्षेत्रका संयोजक तथा पत्रकार कृष्णबहादुर कार्कीले निर्माणाधिन सडकमाथिको टमिलाखर्क बस्ती पहिरोको जोखिममा पर्न थालेको र बर्षात्को समय आउन थालेकाले बर्षात् अघि नै सडकको माथि रहेको सो बस्ती पहिरोबाट बचाउनका लागि सडकको माथि र तलबाट वाल र ग्याबिड जाली लगाएर बस्ती मुनीको जमिन भासिन नदिई पहिरोबाट बचाउन भनि सडक डिभिजन कार्यालय बाग्लुडका प्रमुख रामेश्वर लम्साललाई ध्यानाकर्षण पत्र बुझाएको भए पनि आजसम्म सुनुवाई नभएको स्थानीबासीको दुखेको छ । साथै स्थानीयबासीले दुई वर्षदेखि जलजला गाउंपापलिकाका जनप्रतिनिधि र राजनीतिककर्मीलाई पटकपटक भेटेर वा स्थलगत निरीक्षण गराए पनि सुनुवाई नहुंदा आज बस्ती नै पहिरोको जोमिममा पर्न गएको छ । अब उप्रान्त दिनमा पनि सम्बन्धित निकाय र सरोकारवालाले अझै पनि वस्ती सुरक्षितका लागि पहलकदमी गरिएन भने स्थानीयबासीले कडा कदम चाल्ने बताएका छन् ।

No description available.

No description available.

No description available.