थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि हुंदा ५२ जनाको संक्रमणका कारण मृत्यु

देशभरमा १३ हजार २२ जनाको परीक्षण गर्दा आज बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। आजै ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। त्यस्तै ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।