मनाङको सदरमुकाम चामेमा ६ घर बाढीले बगायो बासिन्दालाई माडास्थित कारागारमा सारियो

१ असार, पोखरा । लगातार आईरहेको बर्षातका कारण मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेका छन् । सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याइएको छ । बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।