आजबाट लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । कुन बैंकको ब्याजदर कति छ, तल प्रस्तुत गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ  ।  बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.५३% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने जनाएको छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक
यस बैंकले बचतको ब्याज २.५५% तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ७.५०% तोकेको छ । यता, बैंकको वैशाख मसान्तसम्मको बेस रेट ७.५६% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज निर्धारण गरेको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । वैशाख मसान्तसम्मको बैंकको आधार दर ६.८८% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १२.५०% सम्म तोकेको  छ ।

नबिल बैंक
नबिल बैंकले बचतमा न्यूनतम २.५१% देखि अधिकतम ४.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७.०१% ब्याज दिनेछ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१%  छ ।  बैंकको वैशाख मसान्तसम्म बेस रेट ५.८४%  छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्ममा कर्जा दिने छ ।

एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.६०% र अधिकतम ५.६०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.८०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६.५०% कायम गरेको छ । वैशाख मसान्तसम्म बैंकको आधार दर ५.९८% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज ३.१०% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.५१%  छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिनेछ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

 हिमालयन बैंक
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४.७५% र अधिकतम ब्याजदर ७.७५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ ।
प्रभु बैंक
बैंकको चैतसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५०% र अधिकतम ७% सम्म ब्याजदर दिनेछ ।

कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको वैशाख महिनामा आधार दर ७.६३% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा तोकेको  छ ।

सिद्धार्थ बैंक
बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिनेछ । यता, यसको वैशाख महिनामा आधार दर ६.७५% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.७६% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७५% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको  छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ ।  बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.०४% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकको भनाइ छ ।