कर्णाली सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमाले कर्णाली प्रदेश संसदीय दलको निर्णय

१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश संसदीय दलको र्बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ ।

एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको आज बसेको बैडकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी भएका थिए ।

बैठकमा पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चारजना सांसदमध्ये ज्वाला बाहेक अन्य तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी भएनन् ।

तीनजना कर्णाली कर्णाली प्रदेश सरकारका मन्त्री हुन् । कर्णाली प्रदेश सरकारले मंगलबार नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ ।

आज दिउँसो ४ बजे आर्थिम मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ । तर नीति तथा कार्यक्रम नै पास हुनेरनहुने अन्योलता भने बढेको छ ।