एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सर्वोच्चबाट पुनर्बहाली भएका चार सांसद गएनन्

१ असार, सुर्खेत । कर्णाली प्रदेश माओवादी नेतृत्वको सरकारलाई पार्टीको ह्वीप विपरित फ्लोकक्रस गरेर सत्ता टिकाएपछि पार्टीले प्रदेश सभा संसद नरहने गरी कारवाही गरेपछि त्यसको बिरुद्धमा परेको रिटमा सर्वोच्च पुनर्बहाली भएपछिको आज बोलाइएको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनवहाली चार सांसद अनुपस्थित हुने भएका छन् । अनुपस्थित हुने सांसदरुप्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् । चारै जना माधव पक्षीय हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि आज बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।
बैठकका लागि आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने भएका हुन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भैसकेपश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौं ,’ एक सांसदले भने, ‘अहिले नै बैठकमा जाने भन्ने छैन । हामी आपसी छलफलमै छौं ।

३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जोखिम टरेको छ ।

बिहान ८ बजे बोलाइएको बैठक चार सांसद अनुपस्तिथ हुने भएपछि बस्न सकेको छैन ।