युरोकप फुटबलमा नेदरल्यान्डस्ले युक्रेनलाई ३–२ ले पराजित गर्दै बिजय हासिल

एजेन्सी

युरोकप फुटबलमा नेदरल्यान्डस्ले युक्रेनलाई ३–२ ले हराएको छ । एम्स्टरड्याममा भएको प्रतिस्पर्धात्मक खेलमा सबै पाँच गोल दोस्रो हाफमा भए ।

पहिलो हाफमा घरेलु टोली नेदरल्यान्डस्ले १० र  युक्रेनले ४ वटा प्रहार गरेपनि गोल हुन सकेन । ५२ औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले डेन्जिल डुमफ्राईसको  पासमा गोल गर्दै नेदरल्यान्डस्लाई अग्रता दिलाए ।

५८ औं मिनेटमा वाउट बिघ्रोस्टले गोल गर्दै अग्रता दोब्बर पारे ।

युक्रेनबाट कप्तान आन्द्रेई यार्मोलेन्कोले ७५ औं मिनेटमा शानदार गोल फर्काए । त्यसको चार मिनेटलगत्तै रोमन यारेमचुकले गोल गर्दा खेल २–२ को बराबरीमा पुग्यो ।

तर, दुबै टोलीको आक्रमण यसपछि पनि रोकिएन । ८५ औं मिनेटमा नेदरल्यान्डस्का लागि डेन्जेल डुमफ्राइसले निर्णायक गोल गरे । जीतपछि नेदरल्यान्डस्ले ३ अंक बटुलेको छ ।

आइतबारको खेलमा उत्तरी मेसिडोनियालाई ३–१ ले हराएको अस्ट्रिया गोलअन्तरमा नेदरल्यान्डस्भन्दा अगाडि छ । अस्ट्रियालाई स्टेफान लैनिरले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, गोरान पान्डेभले उत्तरी मेसिडोनियाबाट २८ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको अन्त्यतिर अस्ट्रियाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । माइकल ग्रेगोरिस्टिचले ७८ र मार्को अर्नाउटोभिकले ८९ मिनेटमा गोल गरे ।