पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना

३१ जेठ, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई अस्पताल भर्ना गरिएको छ। खनाललाई ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४र५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।