Breaking News

मनसुन देशभर फैलिएसँगै तटीय क्षेत्रमा जोखिम बढेकाले सर्तक रहना जल तथा मौसम विज्ञान विभागको आग्रह

३१ जेठ, काठमाडौं । यस वर्षको मनसुन देशभर फैलिएसँगै तटीय क्षेत्रमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार मंगलबार पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ र बबई नदीमा ठूलो बाढी आउने भएकाले उच्च जोखिमको सम्भावना छ ।

यस वर्ष जुन ११ तारिख अर्थात् जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन आइतबार साँझबाट देशभर फैलिइसकेको छ । यस वर्षको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले बाढी पहिरोबाट क्षति बढी हुन सक्ने आशंका विपदविज्ञहरुले गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म यस्तो हुनेछ देशभरका मुख्य नदीहरुको अवस्था :