पार्टीको सुझाव अनुसार प्रधानमन्त्रीले काम गर्नु भएन भने विकल्प सोच्न पनि सकिन्छ

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

२९ चैत, काठमाण्डौं । कोरोना भाइरसका कारणले देश नै लकडाउनको अवस्थामा जनता भोक, रोग, शोक र चिन्ताले दिनदिनै छट्पटिरहेका छन् । तर नेपालीका राजनीतिक दलका नेता तथा कार्यकर्ता कसरी आफ्ना र असोपासेलाई मात्र राहत उपलब्ध गराऔं भन्ने दाउमा रहेका पनि छन् तर शक्ति र उच्च तहमा रहेको नेताहरु भने आफू कसरी प्रभावकारी बन्ने, कसरी सत्ताको दाउ खोज्ने हर्कत मौ रहेका छन् । यस्तो अवस्थामा सबै मिलेर अगाडी बढ्नुको सट्टा एक अर्कालाई घोचपेच मा नै रहेका छन् । यसै क्रममा सत्ताधारी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय, निर्देशन र सुझाव अनुसार सरकारले अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव दिएका
छन् । सरकारका काम प्रभावकारी नभएको जनगुनासो बढेपछि सचिवालयको बैठक डाकिएको र बैठकले सरकारका कामकारवाही र देशको अवस्थाका विषयमा छलफल भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री खदिमा चलेको हल्लाका विषयमा प्रधानमन्त्रीलाई सोध्ने काम गरिएको भन्दै कोरोना विरुद्धका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लाने र स्वास्थ्य सामाग्री लगायतका सामान खरिद गर्दा अनियमितता भए राम्रो नहुने चेतावनी समेत दिएका छन् ।
खनालले औषधी खरिदमा अनियमिता भएको विषयमा आफुलाई पनि धेरै जानकारी नभएको कुरा प्रधानमन्त्रीले बताएको र अन्य धेरै विषयमा आधा जसोको मात्रै जवाफ आएको भनाई छ । अनियमितता भएको हो भने उनिहरुमाथि कडा भन्दा कडा कारवाही गर्न प्रधानमन्त्रीलाई भनिएको भन्दै कुनै पनि नेकपाको नेताले भ्रष्टचार गरेको ठहर भए पार्टीले उसलाई छुट दिन नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले केहि पनि भएको छैन भन्न नसक्नु भएको भन्दै खनालले सरकार प्रभावकारी भएन भने अहिले राष्ट्र लथालिङ्ग हुने र यो विपत्तिमा औचित्य पुष्टि हुनेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । पार्टी्भित्र अहिले नै सरकार र मन्त्रीहरुको विकल्पबारे छलफल नभएको जानकारी दिदै उनले पार्टीको भावना विपरित गएर कुनै पनि मन्त्रीले काम गरेको भेटिए र सरकारले प्रभावकारी काम गर्न नसके सरकारबारे निर्णय गर्न पार्टी बाध्य हुने दावी गरे ।
दुइतिहाको बहुत छ । जनताले साथ दिएका छन् । सरकारले पारदर्शी भएर काम गर्नुपर्छ । त्यसो भएन भने पार्टीले गम्भिर निर्णय गर्न सक्छ । हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौ राम्रो काम गर्नुस् । पार्टीको सुझाव अनुसार प्रधानमन्त्रीले काम गर्नुपर्छ । त्यो भएन भने विकल्पका रुपमा अगाडी आउन पनि सकिन्छ ।