डेनमार्क र फिनल्याण्डबीचको खेलमा डेनमार्गका खेलाडी क्रिस्टियन एरिक्सन खेल कै क्रममा मैदानमा ढलेपछि खेल रद्द

एजेन्सी

यूरो कप फुटबलको दोस्रो दिनको दोस्रो सत्रको खेल डेनमार्क र फिनल्याण्डबीच पहिलो हाफको अन्तिम चरणमा पुग्ने बेला डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन खेल खेल्दै कै क्रममा मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए ।
युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।