शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन गण्डकी प्रदेश प्रमुखलाई कांग्रेसको चेतावनी

२९ जेठ, पोखरा । गण्डकी प्रदेशमा सो प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले प्रदेश सांसद जुनसुकैले बहुमत पुर्याएर ल्याउन भनेको समयसीमा भित्र अगामै नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्त गरियोस भन्दै बिपक्षी गठबन्धनका ३१ जना सांसदहरुले शसरीर हस्ताक्षर बुझाए पनि आज निवर्तमाा मुख्यमन्त्री गुरुङले आफू संग बहुमत रहेको भन्दै जनमोर्चा र जसपाका सांसदहितको लिष्ट बुझाएपछि नेपाली कांग्रेसले गण्डकी पैदेश प्रमुखलाई चेतावनी दिएको छ । कांग्रेसले भनेको छ, शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी दिदै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबाले षडयन्त्रको आशंका बढाएको बताए ।

काँग्रेसले बहुमत हस्ताक्षर अनुरुप पोखरेललाई अविलम्ब मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ। मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएकोप्रति काँग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको शर्माले बताए ।

काँग्रेसले षड्यन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ ।