मध्यराती सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

२९ जेठ, काठमाडौं । गएराती ११ बजे सुर्खेतको करेखोला भन्ने स्थानमा करिब ३० जना जतिको समूहले ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

तर अभियन्ता ज्ञानेन्द्र शाहीले सामाजिक संजालमा एक भिडियो सुर्खेतका प्रहरी अफिसर एसएसपी संगे फोन मार्फत् प्रधानमन्त्री ओलीका कार्यकर्ताले आफूमाथि राती मार्ने मनसाएले सांघातिक आक्रमण गरको र प्रहरीले थाहा पाउंदा पनि आक्रमणकारीलाई समात्नुका साथै भगाएको र हाम्रो समूहका घाइते साथिहरुलाई उपचारका लागि हस्पिटलमा लिनुको सट्टा निकक्बा हर्कत देखाएको र यदि मार्ने नै हो भने अहिलै आएर सिधै गोली हान्न चेतावनी समेत दिएका छन् । घाइतेहरुको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

सामाजिक सन्जालमा पोष्ट भएको उक्त भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्कोने क्रममा कर्णाली प्रदेशको सुर्खेतमा पुग्दै थिए ।