नेकपा कालिकोटद्धारा स्वास्थ्य तथा सरसफाई अभियान लाई तिब्र

२८ जेठ, कालिकोट । विप्लव निकटक नेकपा कालिकोटले स्वास्थ तथा सरसफाई अभियान लाई तिब्र बनाएको छ । हिजोबाट सुरु गरिएको सो कार्यक्रम आज पनि निरन्तरता दिने क्रममा कालिकोटको पचालझरनाको राम्नाकोट, लाफामा स्वास्थ्य सचेतना कार्यक्रम सहित लाफा गाउका ५५ घरधुरी लाई १र१ चक्की साबुन र मास्क बितरण गरिएको छ ।

जिल्ला सेक्रेटरी क. रणदिप, जिल्ला कमिटी सदस्य क. तखत, युवा संगठन समिती सदस्य सरोज न्यौपाने , मनोज न्यौपाने रुपन्देही जिल्ला कमिटी सदस्य लक्ष्मण न्यौपाने, एरिया कमिटी सदस्य रमेश न्यौपाने, ईलाका उपाध्यक्ष धर्म बराल लगायतका नेता कार्यकर्ताको उपस्थितीमा सम्पन्न सचेतना कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी क. रणदिपले, बस्तु दिएर भन्दा पनि स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि यो अभियान थालिएको बताए । स्थानिय निकाय एबं जनप्रतिनिधी हरु बजेट भुक्तानी र कमिसनको खेलो मेलो मा ब्यस्त रहेको बेला नेकपा ले यो अभियान थालेको मा हामी निकै खुसी छौ लाफा निबासी ६३ बर्षिय जयप्रसाद न्यौपाने ले बताए । यो अभियान जिल्ला भरी चलाईने जिल्ला सेक्रेटरी रणदिप ले उक्त अवसरमा जानकारी दिएका थिए ।