गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान

२८ जेठ, पोखरा । हिजो गण्डकी प्रदेश सभाको हिजो बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसके पछि आज गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा १६८९३० अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८९५० अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । ‘५ बजेभित्र आजै जाने गरी तयारी गरिरहेका छौं । सबै जना सभागृहमा भेला भएर बहुमत पुर्याएर दाबी गर्न जान्छौं,’ कांग्रेस सांसद कुमार खड्काले भने ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए ।

मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।