सत्यमोहन जोशी अस्वस्थ भएपछि किस्ट अस्पतालमा उपचार हुँदै

२८ जेठ, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ । अरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिनेछ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले बताएको छ ।