युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) द्धारा पदबाट राजीनामा

२७ जेठ, पोखरा । आज बसेको गण्डकी प्रदेशको प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले विश्वासको मत गुमाएपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

उनले आजैबाट लागू हुनेगरी मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी आज बसेको प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए । मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।