कर्णालीका एमाले माधव पक्षीय चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली

२७ जेठ, काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महन्द्रबहादुर शाहीको सरकारलाई बचाउन फ्लोर क्रस गरेको भन्दै एमाले ओली पक्षले एमाले माधव पक्षका कर्णाली प्रदेशका चार सांसदलाई बर्खास्ती गरेपछि त्यस बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दै कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।