मेडिकल माफियाविरूद्द माइतीघरमा विवेकशील साझा पार्टीका समर्थकद्धारा प्रदर्शन

२७ जेठ, काठमाण्डौ । मेडिकल माफियाविरूद्द माइतीघरमा विवेकशील साझा पार्टीका समर्थकद्धारा प्रदर्शन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।