केरोना भाइरस समाधान नहुँदै लकडाउन हटाइएको खण्डमा झन घातक हुन सक्छ

कदर समाचार ।
कोरोना भाइरसले महामारीकै रुपमा विश्वलाई हल्लाई रहेको यस्तो बेला विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ ।
संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने  बताए ।
युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन् ।
हाल सम्सारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ । जेनेभाको एक भिडिओ समाचार कन्फ्रेसनमा ट्रेडोसले केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताएका पनि छन् ।उनले भने, विश्व स्वास्थ संगठनले प्रतिबन्धहरु कम गर्न सरकारहरुसँग मिलेर गरिरहेको जानकारी दिदै ‘तर छिटै ती प्रतिबन्धहरु उठाउँदा घातक पुनरुस्थान हुनसक्छ त्यसैले सबैले सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।