जगंलको आगो बाख्रा खोरमा पस्दा गोठ सहित ३५ बाख्रा जलेर नष्ट

२८ चैत, पचालझरना, खार्दु । कर्णाली प्रदेशको कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नं ३ खार्दुका स्थानीय श्री नैनसिह कठायतका कान्छो छोरा युवा कृषि व्यवसायी लोकेन्द्र कठायतले पचालझरना ३ खार्दुमा पालेका ३५ वटा बाख्रा चैत्र २७ गते हिजो राति अचानक नजिकै रहेको जङगलबाट लागेको आगलागीले बाख्रा राखिएको खोरमा सोही आगोले टिपि खोरमा रहेका सबै बाख्रा जलेर सखाप भएको समाचार कदर न्यूजलाई प्राप्त भएको छ । हिजो राती भएको सो घटना भएपनि आज बिहीबार दिउसो मात्र ईलाका प्रहरी कार्यालय पचालझरना ४ जारकोटबाट आएको प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलिले बाख्रा सहित चलेको खोरको अनुगमन गरि मुचुल्का उठाइएकाको जानकारी हामीलाई सोही ठाउँका स्थानीय प्रकाश कठायतले बताएका छन् । तर आजलागी के कसरी कारणले भयो भन्ने अहिलेसम्म यथेष्ट समाचार आएको छैन । यस बारेमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको समेत बुझिएको छ । हिजो राती भएको पशु हत्या आगलागी घटनाले समग्र पचालझरना बासी किसान वर्ग र हामी सबैलाई दुखिद बनाएको कुरा स्थानीय सोही ठाउँका शिक्षक तथा स्थानीय तुलाराज कठायतले बताएका छन् । जङगलमा आगो लगाउने लाई छानबिन गरि कडा कारवाहि हुनु पर्ने उनी बताउँछन् । साथै पिडित दाइ लोकेन्द्रको बाख्रा व्यवसायलाई एक रातमै क्षणभरमा सखाप भएकाले हामी सबैले साथ सहयोग गर्नु सबैको कर्तव्य भएकाले मानविय भावना जागृत गर्न सबैका अनुरोध पनि गर्दछ प्रकाश । उनका अनुसार यस पशु जघन्य अपराधी जो सुकै भएपनि सजायको कठघरामा उभ्याउनु पर्छ । यसका लागि हामी सबैले प्रहरी प्रशासनलाई सहयोग साथ रहेको समेत बताएका छन् ।