मुख्यमन्त्री त्रिलोचन भट्ट संग राजनीतिक नैतिकता सिक्न भिम रावलको आग्रह

२५ जेठ, काठमाडौं । आज बसेको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठककबाट विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् ।

‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि रु,’ रावलले लेखेका छन् । भट्टलाई एमालेका १७ सांसदले मत दिएका थिए । माधवकुमार नेपाल समूहका १७ सांसदले मतदान गरेपछि भट्टले मुख्यमन्त्रीमा ३० मत पाएका थिए ।

५१ सदस्यीय प्रदेशसभामा बहुमत पाउन २६ सांसद आवश्यक पर्थ्यो । तर नेता नेपाल समूहका १३ र माओवादी केन्द्रको १३ मत मुख्यमन्त्री भट्टले पाए । १२ सिट रहेको नेपाली कांग्रेस तटस्थ बस्यो भने एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सात र जनता समाजवादी पार्टी जसपा का दुई गरी ९ जना सांसदले विपक्षमा मतदान गरे ।