साल्ट ट्रेडिङ आजदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्ला

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ ।

अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले आजदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो ।

‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने बताएका छन् ।