प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा आफु पक्षका हस्ताक्षर सहित अरु सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ

वरिष्ठ नेता, माधवकुमार नेपाल

२४ जेठ, काठमाडौं । एमाले अध्यक्ष ओली हिजो बेलुका पार्टी एकताका लागि भनेर ६ बुंदे सहमतिको प्रस्तावको जवाफ दिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको बताएका छन् । ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालको जवाफमा भनिएको छ ।

नेता नेपालको जवाफ यस्तो छ :