उपत्यकामा १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्ने क्रममा आज १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।

आजै देशभर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९२ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।