संसद विघटनविरुद्धका रिटहरुमाथि आजको सुनुवाई संवैधानिक इजलास स्थगित

२४ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटहरुमाथि आजको सुनुवाइ संवैधानिक इजलास स्थगित भएको छ ।

सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन ।

संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन् । तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुन सकेको छैन ।

सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको स्वास्थ्य गडबड भएको भन्ने हल्ला हामीले पनि सुनेका छौं । तर विस्तृतमा थाहा छैन ।’

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई
छन् ।

तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

आइतबार सरकारी पक्षबाट यो माग उठेपछि प्रधान्यायाधीश राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए ।