भ्रामक समाचारप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण पत्र

२८ चैत, काठमाडौं । विश्वभरी कोरोना भाइरसको महाकारीले देश लकडाउनको अवस्थामा छ । हिजो बिहीबार मात्रै प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा चैत्र २८ गते बिहीबार र चैत्र २९ गते शुक्रबारका दिन कडाउनका कारण रोकिएकाहरु काठमाण्डौ उपत्यकाबाट बाहिर सकिने व्यहोराको जानकारी सूचना प्रकाशित सामग्रीप्रति चासो देखाउँदै सो सूचना सम्प्रेषण मार्फत भ्रम र अन्यौल सिर्जना गरिएको भनी प्राप्त गुनासोका सम्बन्धमा प्रेस काउन्सिल नेपालले आज चैत्र २८ गते शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । साथै सो भ्रामक समाचारप्रति सवालको बिषयमा सतर्क हुन समेत आग्रह गरेको छ ।
आज प्रेस काउन्सिलमा भएको छलफलको पत्रमा प्रेस काउन्सिल ऐन, ०४८ को दफा ७ (क) (ग) अनुसार, प्रेससम्बन्धी नीतिगत राय, सुझाव दिने र मिडियाको अनुगमन गर्ने एकमात्र नियामक निकाय काउन्सिलद्वारा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रेषित पत्रमा भनिएको छ । प्रेस काउन्सिलले लकडाउनमा परेका सर्वसाधारणलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने सम्बन्धी निर्णय मिति २०७६।१२।२७ मा पोस्ट गर्दै, ताजा विवरण थप्दै र अन्तमा लेखिएका सबै सूचना डिलिट गर्दै प्रधानमन्त्री कार्यालयबाट हिजो दिउंसो आधिकारिक फेसबुक पेजमार्फत सूचना सम्प्रेषणमा कमिकमजोरी गरिएको भनी प्राप्त जनगुनासोका सम्बन्धमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला तहाँ कार्यालयको हिजोको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भैदिँदा जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको र आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयता माथि थप प्रश्नचिन्ह उठ्न गएको व्यहोरा अवगतै छ । यसतर्फ आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउनु हुन प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरूलाई आग्रह गरिन्छ । यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झै अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास समेत प्रेस काउन्सिले बताएको ।

सरकारी निर्णयको विश्वसनीयता माथि थप प्रश्नचिन्ह उठ्न गएको व्यहोरा अवगतै छ । यसतर्फ आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउनु हुन प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरूलाई आग्रह गरिन्छ । यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झै अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास समेत प्रेस काउन्सिले बताएको ।

 

विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ ।
काउन्सिलले आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत हुन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ । त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई आग्रह समेत गरेको छ ।
काउन्सिले आफ्नो पत्रमा यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दी लगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको जानकारी गराएको छ ।
हिजो मात्रै प्रधानमन्त्रीको आधिकारिक पेजमा प्रकाशित सो सूचना डेढ घन्टा नबित्दै प्रदेश र स्थानीय सरकारले मान्यता नदिएका कारण देखाउँदै उक्त निर्णय फिर्ता भएको जानकारी गरिएको थियो । प्रधानमन्त्री को आधिकारित पेजमा लेखिएका अरु सबै सूचना डिलिट गरिएको थियो ।