सर्वोच्चद्धारा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको लाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी

२३ जेठ, काठमाडौं । राष्ट्यि जनमोर्चाले कारवाही गरी उनको गण्डकी प्रदेशसभा सदस्य पद खारेज गरेपछि त्यस बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।