सुनको मूल्य घट्यो

२१ जेठ, काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आजका लागि तेजावी सुनको भाउ ९२ हवार ९ सय रुपैयाँ खरिद बिक्री मूल्य तोकिएको छ ।

हिजो उक्त सुनको प्रतातोला कारोबार मूल्य ९४ हजार चार सय रुपैयाा थियो । यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १३ यस ४० रुपैयाँ प्रतितोला कारोबार मूल्य तोकिएको छ ।